काठमाडौं । दशैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ १२ असोजबाट खुल्ने भएको छ ।
यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच मंगलबारभएको छलफलले १२ असोजबाट चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर स्वारले जानकारी दिनुभयो ।
टिकट बुकिङ खोल्दा यथाशक्य अनलाइन बुकिङको ब्यवस्थाप मिलाउने, यात्रा गर्दा यात्रुले टिकट लिएर मात्र यात्रा गर्नुपर्ने, मुख्य सडक मर्मत सम्भार गर्ने सम्झौता भएको छ ।