कृषिमन्त्री अधिकारीले सम्हाले जिम्मेवारी , कर्मचारीको माग सम्बोधन गर्ने प्रतिबद्धता 

कृषिमन्त्री अधिकारीले सम्हाले जिम्मेवारी , कर्मचारीको माग सम्बोधन गर्ने प्रतिबद्धता 

काठमाडौं । नवनियुक्त कृषिमन्त्री रामनाथ अधिकारीले पदभार ग्रहण गरेका छन्। सोमबार उनले सिंहदरबारस्थित मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन्। 

यसअघि आजै केहीबेरअघि पदभारका लागि मन्त्रालय पुगेपछि उनी छिर्न पाएका थिएनन्। 

कर्मचारीको आन्दोलनका कारण भित्र छिर्न नपाएपछि उनी केहीबेर क्यान्टिनमा बसेर फर्किएका थिए।  लगत्तै कर्मचारीको आन्दोलन सकिएपछि मन्त्री अधिकारीले पदभार ग्रहण गरेका हुन्। 

कृषि मन्त्रालयको गेटमा मूलगेटमै धर्ना बसेका राजपत्रांकित तेस्रो श्रेणाीका प्राविधिकले धर्ना गरिरहेका थिए। 

प्रकाशित मिति:     ३२ असार २०८१, सोमबार  |    Himali Khabar