बाठमाडौं । नेपाल राष्ट्र बैंकले श्रीलंका, बंगलादेश र चीनसँग अन्तरदेशीय कारोबार सम्झौताको तयारी थालेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले त्यस देशका भुक्तानी सेवा प्रदायकसँग एग्रिमेन्ट अन्तिम चरणमा पुगेको भन्दै छिटै घोषणा हुने जानकारी दिनुभयो ।
यो कारोबार सुरु भएमा ति देशका पर्यटक नेपाल आउँदा नगद बोक्नु पर्ने छैन । केन्द्रीय बैंकले चीनको अलिपे, श्रीलंकाको लंकापे लगायतसँग अन्तरदेशीय कारोबारको सम्झौता गर्ने तयारी गरेको हो ।
अलिपेसँगको सहकार्यले चीनसँगै थाइल्यान्डलगायत दक्षिण पूर्वी एसियाबाट पर्यटक नेपाल आउँदा नगद बोक्नुपर्ने छैन । क्रसबोर्डर पेमेन्ट डिजिटल बन्दै गर्दा अब नेपाल आउने पर्यटकले नगद बोक्नुपर्ने छैन । उनीहरूले क्युआरबाटै भुक्तानी गर्न सक्ने छन् ।
अहिले भारतीय नागरिक नेपाल आउँदा नगद बोक्नुपर्दैन ।