ठमेल परिषद्को अध्यक्षका लागि दुई वर्ष अघि कै प्रतिस्पर्धी शर्मा र अधिकारी पुन: मैदानमा

ठमेल परिषद्को अध्यक्षका लागि दुई वर्ष अघि कै प्रतिस्पर्धी शर्मा र अधिकारी पुन: मैदानमा

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को नेतृत्वका लागि वर्तमान अध्यक्ष भविश्वर शर्मा र पूर्वमहासचिव धुब्र अधिकारीबीच प्रतिस्पर्धा हुने भएको छ । परिषद्को २८ औं र २९ औं साधारण सभा तथा निर्वाचन असार ३१ गते हुँदैछ ।

निर्वाचन मिति नजिकिएसँगै अध्यक्षमा शर्मा र अधिकारीले उम्मेदवारी घोषणा गरि चुनावी मैदानमा होमिएका छन् । शर्मा र अधिकारी दुई वर्ष अघि परिषद्को निर्वाचनमा पनि आमनेसामने भएका थिए । अहिले दुबै जना आ–आफ्नो टिम निर्माणको अन्तिम गृहकार्यका छन् । शर्माले केही दिन अघि ठमेलमा एक कार्यक्रमको आयोजना गरी उम्मेदवारी घोषणा गरेका छन् भने अधिकारीले सामाजिक संजाल मार्फत उम्मेदवारी घोषणा गरेका हुन ।

यसअघि अधिकारीलाई २०४ मतको अन्तरले पराजित गर्दै शर्मा अध्यक्ष बन्न सफल भएका थिए ।

यो पटक पनि यी दुईबीच नै रोचक प्रस्तिपर्धा हुने भएको छ । शर्माले ठमेल सुधारका अधुरा कामहरु पूरा गर्न नेतृत्वमा दोहोर्याउन चाहेको प्रतिवद्धता जनाएका छन् ।

यस्तै अधिकारीले ठमेलको विकास र पर्यटन प्रवद्र्धनका लागि लामो समयदेखि सक्रिय रहेकाले अब नेतृत्व तहमै रहेर काम गर्न चाहेको बताएका छन् ।

प्रकाशित मिति:     २६ असार २०८१, मंगलवार  |    Himali Khabar