काठमाडौं । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।
मंगलबार प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, महान्यायाधिवक्ता कार्यालय, अध्यक्ष नियुक्ति प्रयोजनका लागि गठित सिफारिस समिति लगायतलाई विपक्षी बनाइएको रिटमाथि सर्वोच्चका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्न नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो।
सिफारिस समितिले बाेर्ड अध्यक्षका लागि सर्टलिस्टमा परेका ५ मध्ये ३ जना अन्तर्वार्तामा अनुपस्थित भएको बताएर प्रक्रिया रद्द गर्ने निर्णय गरेकाे थियाे। त्यसविरुद्ध सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठले समितिको निर्णय खारेजी माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।