काठमाडौं । संविधानमा केन्द्र सरकारले जेठ १५ गते, प्रदेश सरकारले असार १ गते र स्थानीय तहले असार १० भित्र आगामी बर्षको बजेट ल्याइसक्नुपर्ने व्यवस्था गरिएको छ । त्यसको एउटै उद्धेश्य बजेट कार्यान्वयनमा सहज होस् भन्ने हो । तर यसले बजेट कार्यान्वयनमा भने खासै नतिजा दिन सकेको छैन । आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरिसक्दा पनि संघमा जस्तै प्रदेशमा पनि विकास बजेट खर्चको अस्था अत्यन्तै निराशाजनक छ । आर्थिक वर्ष सकिन अब केही दिन मात्र बाँकी रहदाँ ७ वटै प्रदेशको विकास बजेट खर्च ५० प्रतिशत पनि कटाउन सकेका छैनन ।
कुन प्रदेशको खर्च कति ?
कोशी प्रदेश
विकास बजेट – २० अर्ब ३८ करोड रुपैयाँ
हालसम्म भएको खर्च – ७ अर्ब ६० करोड रुपैयाँ
मधेश प्रदेश
विकास बजेट –२५ अर्ब ५७ करोड रुपैयाँ
हालसम्म भएके खर्च – ४ अर्ब ९० करोड
बागमती प्रदेश
विकास बजेट– ३५ अर्ब ७९ करोड रुपैयाँ
हालसम्मको खर्च – १३ अर्ब ८३ करोड रुपैयाँ
गण्डकी प्रदेश
विकास बजेट –२० अर्ब २१ करोड
हालसम्म भएको खर्च –८ अर्ब ४९ करोड रुपैयाँ
लुम्बिनी प्रदेश
विकास बजेट –२३ अर्ब २५ करोड रुपैयाँ
हालसम्मको खर्च – १० अर्ब ७६ करोड रुपैयाँ
कर्णाली प्रदेश
विकास बजेट – १९ अर्ब ५६ करोड रुपैयाँ
हालसम्मको खर्च – ५ अर्ब १६ करोड रुपैयाँ
सुदूरपश्चिम प्रदेश
विकास बजेट –१७ अर्ब ५ करोड रुपैयाँ
हालसम्मको खर्च – ६ अर्ब ५६ करोड रुपैयाँ