नेप्से २०६८ विन्दुमा झर्यो

नेप्से २०६८ विन्दुमा झर्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । नेप्से आज १० दशमलव ४४ अंकले घटेर २०६८ विन्दुमा कायम भएको छ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १७ अंकले घटेको थियो ।

सोमबार सार्वजनिक विदा परेकाले कारोबार भएन । मंगलबार १८ अंकले घटेको नेप्से परिसूचक बुधबार २ अंको झिनो अंकले ओरालो लागेको थियो । कारोबार रकम भने हिजो तुलनामा बढेको छ । आज ३०६ कम्पनीको ८६ लाख ६३ हजार ६९९ कित्ता सेयर ३ अर्ब ८७ करोड ७ लाख ४४ हजार ९०३ रुपैयाँमा खरिदबिक्री भयो । कालिका लघुवित्त वित्तीयको सेयर सर्वाधिक ७ दशमलव ७१ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति:     ७ असार २०८१, बिहीबार  |    Himali Khabar