बौद्ध शिखर सम्मेलन गर्न उपाध्यक्ष डा.लामाको प्रस्ताव, लुम्बिनी प्रदेशले छुटायो बजेट

बौद्ध शिखर सम्मेलन गर्न उपाध्यक्ष डा.लामाको प्रस्ताव, लुम्बिनी प्रदेशले छुटायो बजेट

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले विश्वलाई शान्तिको मुहानका रुपमा स्थापित गर्न लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन गर्न बजेट छुटाएको छ । आर्थिक वर्ष २०८१/८२ बजेट भाषणमा शनिबार लुम्बिनीका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले बजेट सार्वजनिक गर्दै शिखर सम्मेलन गर्ने बताएका हुन् । मुख्यमन्त्री जोखबहादुर महरालाई लुम्बिनि विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बुद्ध र लुम्बिनीको सन्देश विश्वव्यापी बनाउन आग्रह गर्दै बजेट विनियोजन गर्न प्रदेश सरकार सग आग्रह गरेका थिए ।

“विश्वलाई शान्तिको महशुस गराउन भगवान बुद्धले निर्वाणको समयमा भन्नुभएको “जीवनकालमा लुम्बिनीमा कम्तिमा एक पटक पाइला टेक” भन्ने भनाई सहित लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलनको आयोजना गरिनेछ” बजेट वक्तव्यमा भनिएको छ  । यस्तै सरकारले बुद्धको जीवनसँग सम्बन्धित रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्ला लक्षित बुद्धको जीवनदर्शन र ज्ञानलाई कार्यस्थलमा रुपान्तरण हुने गरी लुम्बिनी क्षेत्र पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने बजेटमा उल्लेख छ ।

लुम्बिनी सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि ३८ अर्ब ९७ करोडको बजेट ल्याएको छ । यसअघि संघीय सरकारका अर्थमन्त्री बर्षमान पुनले लुम्बिनीलाई बर्थिङ हब बनाउने कार्यक्रम सहितको बजेट ल्याएके छ । नेपाललाई पर्यटकीय विवाह गन्तव्य बनाउन लुम्बिनीमा बर्थिङ्ग र जनकपुरलाई वेडिङ हव बनाउने घोषणा गरिएको बताइएको छ ।

प्रकाशित मिति:     ३ असार २०८१, आईतवार  |    Himali Khabar