वाणिज्य बैंकहरुले घटाएर निक्षेपको ब्याजदर

वाणिज्य बैंकहरुले घटाएर निक्षेपको ब्याजदर

काठमाडौं । बाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् । हाल संचालनमा रहेका २० वटा वाणिज्य बैंकहरु मध्ये प्रभु र सानिमा बैंकले निक्षेपको ब्याज दर स्थिर राखे पनि बाँकीले भने घटाएका छन्।

नयाँ ब्याजदर अनुसार नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ९.५ प्रतिशत, सिटिजन्स बैंक ९.३५ प्रतिशत, सिद्धार्थ बैंक ९.२५ प्रतिशत, माच्छापुच्छ्रे बैंक ९ प्रतिशत, नेपाल एसबिआई बैंक ९.६ प्रतिशत, कुमारी बैंक ९.३१ प्रतिशत, कृषि विकास बैंक ९.०१२, प्रभु बैंक ९ प्रतिशत, सानिमा बैंक ९ प्रतिशत छ । यस्तै एनएमबि बैंक ९ प्रतिशत, लक्ष्मी सनराईज बैंक ९ प्रतिशत, एभरेष्ट बैंक ८ प्रतिशत, एनआइसी एसिया बैंक ८.६७ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक ८.६१ प्रतिशत , नबिल बैंक ८.६ प्रतिशत, ग्लोबल आइएमई बैंक ८.६ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंक ८.५६ प्रतिशत र नेपाल बैंक ८.५५ प्रतिशत र हिमालय बैंक ८.६ प्रतिशत रहेको छ ।

बैंकले मुद्दतीको ब्याज घटाउँदा लागत कम गर्न त्यसको असर तत्काल नपरे पनि बचत, चल्ती खाताको तत्कालै पर्छ। अहिले बैंक तथा वित्तीय संस्थामा कुल निक्षेपको ५५.८ प्रतिशत मुद्दतीको हिस्सा छ। त्यसैले आधाभन्दा बढी असर अहिले नै देखिँदैन। नयाँ मुद्दती र नवीकरण आउँदै गर्दा मुद्दतीको लागत कम पर्छ।

प्रकाशित मिति:     ३० मंसिर २०८०, शनिबार  |    Himali Khabar