काठमाडौं । सरकारले क्रसर उद्योगको अनुमतिको दर्ता तथा नियमनसम्बन्धी प्रक्रिया तथा मापदण्ड २०८० स्वीकृत गरेको छ।
स्वीकृत मापदण्ड उद्योग विभागले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ।
भदौ ८ गते स्वीकृत मापदण्ड विभागले असोज २१ गते मात्रै सार्वजनिक गरेको हो। मापदण्डमा क्रसर उद्योग सञ्चालनका लागि उद्योगको स्वामित्वमा रहेको कम्तीमा ४० रोपनी जग्गा आवश्यक पर्ने उल्लेख छ। तर उद्योगो आफ्नै स्वामित्वमा जग्गा नभएमा लिज भएको भए कम्तीमा ५ वर्षको सम्झौता आवश्यक पर्ने मापदण्डमा उल्लेख छ।