काठमाडौं । नेपालमा मेला, सभा–सम्मेलन र विवाह जस्ता गतिविधिमार्फत हुने पर्यटकीय गतिविधि (माइस टूरिजम) प्रवर्द्धन गर्न कार्ययोजना बन्ने भएको छ । माइस टुरिजमको बढ्दो माग परिपूर्तिका लागि कार्ययोजना तयार गर्न लागिएको होटल संघ नेपाल (हान)ले जनाएको छ ।
होटल संघ नेपालको वार्षिक कार्ययोजना अनुसार यस कार्यक्रमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाल माइस पर्यटनका लागि उपयुक्त गन्तव्यको रुपमा स्थापना गर्न सघाउ पुर्याउने व्यवसायीको विश्वास छ ।
प्रकृतिले प्रचुर साथ दिएको नेपालमा पर्यटन बढाउन ‘माइस’ पर्यटनको विकास गर्न अपरिहार्य रहेको भन्दै हानले व्यापारिक समुदायबीचमा प्रवर्द्धन गर्न लागिएको बताएको छ । सोही प्रयोजनका लागि हानले ३१ भदौमा एक कार्यक्रम समेत आयोजना गरेको छ । सरोकारवालाबीच हुने छलफलबाट कार्यनीति बनाइने हानले जनाएको छ ।