शरद् ऋतुमा हिमाल आरोहणका लागि २८४ जनालृ अनुमति लिए, तीन करोडबढी रोयल्टी संकलन

शरद् ऋतुमा हिमाल आरोहणका लागि २८४ जनालृ अनुमति लिए, तीन करोडबढी रोयल्टी संकलन

काठमाडौं । शरद् ऋतुमा हिमाल आरोहण गर्न २८४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार विभिन्न ४८ देशका २८४ जनाले अनुमति लिएका हुन् । सेप्टेम्बर ८ ९भदौ २२० सम्म सबैभन्दा धेरै चीनका आरोहीले अनुमति लिएका छन् । हालसम्म चीनबाट १८ महिला र ४९ पुरुष गरी ६७ जनाले अनुमति लिएका छन् ।

यस्तै, धेरै अनुमति लिने दोस्रो स्थानमा अमेरिका रहेको छ । हालसम्म सात महिला र २३ पुरुष गरेर ३० जना अमेरिकीले आरोहणका लागि अनुमति लिएको विभागले जनाएको छ ।

आरोहीहरूबाट हालसम्म तीन करोड चार लाख ६६ हजार ९३० रुपैयाँ रोयल्टी संकलन भएको छ । सबैभन्दा धेरै रोयल्टी मनास्लु हिमालबाट संकलन भएको छ । विभागका अनुसार मनास्लुबाट दुई अर्ब ९८ करोड ६५ लाख ३७५ हजार रुपैयाँ संकलन भएको छ ।

यस्तै, कञ्चजङ्घा हिमालबाट एक लाख ९८ हजार, पुथा हिमचुलीबाट एक लाख ६५ हजार १२५, रक्षा उराई हिमालबाट एक लाख पाँचहजार ६८० रोयल्टी संकलन भएको छ । हिमलुङ हिमालबाट ६६ हजार ३७५ र निमजुङबाट ६६ हजार ३७५ रुपैयाँ रोयल्टी संकलन भएको विभागले जनाएको छ ।

प्रकाशित मिति:     २६ भाद्र २०८०, मंगलवार  |    Himali Khabar