उपत्यकामा निषेधाज्ञा १५ दिन थपियो , पसल भने १० बजेसम्म खोल्न पाइने

उपत्यकामा निषेधाज्ञा १५ दिन थपियो , पसल भने १० बजेसम्म खोल्न पाइने

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १५ दिन थपिएको छ । मंगलबार सम्पन्न उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारी (सीडीओ) को संयुक्त बैठकले निषेधाज्ञा १५ दिन थप्ने निर्णय गरेको हो।

काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा २ थप गरी बैशाख २९ गतेसम्म पुर्याइएको थियो।

काठमाडौं जिल्ला प्रशासनमा सम्पन्न बैठकले जारी निषेधाज्ञालाई जेठ १३ गतेसम्म निरन्तरता दिने निर्णय गरेको काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले बताए।

प्रकाशित मिति:     २८ बैशाख २०७८, मंगलवार  |    Himali Khabar