काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप १५ दिन लम्ब्याउने निर्णय भएको छ ।
आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएसी काठमाडौंको बैठकले उक्त निर्णय गरेको स्रोतले जानकारी दिएको छ। त्यो अवधीमा मानिसको आवतजावतलाई घटाउँदै कडाइका साथ निषेधाज्ञाको अवधी लम्ब्याउने निर्णय गरेको हो ।
डीसीसीएसीको यो निर्णयलाई सीसीएमसीमा पठाएर निर्णय हुनेछ ।
हाल जारी निषेधाज्ञा २९ गते सकिँदैछ ।
पछिल्ला दिनहरुमा संक्रमणको दर नघटेकाले निषेधाज्ञा तत्काल खुला गर्न नहुने सुझाव विज्ञहरुले दिएका थिए भने सुरक्षा निकायले पनि केही दिनयता मानिसहरुको चहलपहल घट्दै गएकाले केही दिन लम्ब्याउँनु नै उपयुक्त हुने सुझाव डीसीसीएमसीलाई दिएका थिए ।