सम्बन्धविच्छेद् गरेका र ४० वर्षसम्म अविवाहित महिलालाई ‘एकल महिला’ भत्ता

सम्बन्धविच्छेद् गरेका र ४० वर्षसम्म अविवाहित महिलालाई ‘एकल महिला’ भत्ता

काठमाडौं । सरकारले सामाजिक सुरक्षा ऐनमा रहेको भत्तासम्बन्धी व्यवस्थालाई केही परिमार्जन गरेको छ। सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको सामाजिक सुरक्षा ऐन पहिलो संशोधन अध्यादेश २०७८ मार्फत् एकल महिला भत्ताको क्षेत्र बढाइएको हो।

केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएको सामाजिक सुरक्षा अध्यादेश २०७८ मा ‘असहाय एकल महिला’ भन्नाले जीवनयापन गर्ने कुनै आधार, आयस्रोत वा सम्पत्ति नभएको नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकिकोभन्दा न्यून आय भएका अशक्त र असहाय अवस्थामा रहेकालाई सामाजिक सुरक्षा दिने रहेको व्यवस्थालाई हटाइएको छ।

उक्त व्यवस्थाको ठाउँमा एकल महिला भन्नाले सम्बन्धविच्छेद् गरी अर्को विवाह नगरेको, विधवा र न्यायिक पृथकीकरण गरी बसेका वा विवाह नगरेका महिलालाई भत्ताको व्यवस्था गरिने उल्लेख गरिएको छ।

प्रकाशित मिति:     २५ बैशाख २०७८, शनिबार  |    Himali Khabar