काठमाडौं। ट्राफिक प्रहरीले अबदेखि निषेधाज्ञाको अवज्ञा गरी चलाइएका सवारी चलाए चालकलाई नै कारवाही गर्ने भएको छ। यसअघि अवज्ञा गरी सवारी चलाउनेलाइ नियन्त्रणमा लिइ केही समय ‘होल्ड’ गरेर छोड्दै आएको थियो।
तर आजबाट भने जरिवाना लगायतको कारवाही गरिने ट्राफिक प्रहरीले जनाएको छ । निषेधाज्ञामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारीसाधन मात्र सञ्चालन भइरहेका छन्। काठमाडौं उपत्यकामा गएको बिहीवारदेखि निषेधाज्ञा लागू गरिएको छ ।