भारतबाट ईन्धनको मुल्य बढेर आए पनि नेपालमा नबढ्ने

भारतबाट ईन्धनको मुल्य बढेर आए पनि नेपालमा नबढ्ने

काठमाडौं । भारतबाट ईन्धनको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले भाउ नबढाउने भएको छ । पछिल्लो पटक ईण्डियन आयल कर्पोरेशनबाट १ मे २०२१ मा प्राप्त खरिद मुल्य अनुसार पेट्रोलियम पदार्थको मुल्य बढेर आएको निगमले जानकारी दिएको छ ।

पेट्रोलमा प्रति लिटर ८ रुपैयाँ ७६ पैसा, डिजलमा प्रति लिटर ३ रुपैयाँ ४२ पैसा र एलपी ग्यासमा प्रति सिलिण्डर ३७५. १३ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । जसले गर्दा निगमलाई पाक्षिक रूपमा करिब १ अर्ब नोक्सानी हुन जाने निगमले बताएको छ ।

हाल कोभिड १९ को दोस्रो लहरले देशको समग्र आर्थिक स्थितिलाई विषम परिस्थितिमा पुर्‍याउन सक्ने अवस्था रहेकाले नघटाएको निगमले बताएको छ ।

प्रकाशित मिति:     २० बैशाख २०७८, सोमबार  |    Himali Khabar