नेपाल भ्रमणका लागि १८१ चिनियाँ पर्यटक काठमाडौंमा

नेपाल भ्रमणका लागि १८१ चिनियाँ पर्यटक काठमाडौंमा

काठमाडौं । चीनबाट नेपाल भ्रमणका लागि १८१ चिनियाँ पर्यटकहरू काठमाडौंमा आइपुगेका छन्। नेपालीहरूको नयाँ वर्षको पूर्वसन्धामा बिहीबार १८१ जनाको समूह विमान चार्टर गरेर काठमाडौं आइपुगेका हुन्।

चिनियाँ पर्यटकहरूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदुत छेन् सङ लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरे।

हिमालय एयरलाइन्सको विमान चार्टर गरेर १८१ जना चिनियाँ पर्यटकहरू नेपाल भ्रमणमा आएका हुन्। उनीहरूको करिब ७ देखि १० दिन नेपालमा विभिन्न पर्यटकीय गन्तव्यहरूमा घुम्नेछन्। १८१ चिनियाँ पर्यटकलाई स्वागत गरेपश्चात संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराँतीले सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटक आउने ढोका खुलेको बताए। उनले कोरोना महामारीको कारण लामो समय नेपालमा समूहमा घुम्न प्रतिबन्ध खुला हुनु नेपाल र चीनसँगको सम्बन्ध बिस्तार भएको बताए।

यस्तै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकहरूको महत्त्वपूर्ण भूमिका रहेको बताए। उनले लामो समयपछि चीन सरकारले समूहमा नेपाल घुम्न अनुमतिपछिको नेपाल भ्रमणमा पहिलो १८१ चिनियाँ टोली आउनु स्वागतयोग्य रहेको बताए। उनले पहिलो समूहमा १८१ जना आएको र अब लगातार रुपमा ७ सय चिनियाँ पर्यटक आउने बताए।

प्रकाशित मिति:     ३० चैत्र २०७९, बिहीबार  |    Himali Khabar