हिमाल आरोहण गर्न आउने पर्यटक बढ्न थाले, १२४ जनाले लिए अनुमति

हिमाल आरोहण गर्न आउने पर्यटक बढ्न थाले, १२४ जनाले लिए अनुमति

काठमाडौं। कोभिड नियन्त्रणमा आएसँगै हिमाल आरोहणका लागि आउने पर्यटकको माग वृद्धि भएको छ। एक वर्ष अघिको तुलनामा विभिन्न मुलुकबाट आउने पर्यटकबाट हिमाल आरोहणका लागि माग क्रमिक रुपमा वृद्धि भएको पर्यटन विभागका निर्देशक युवराज खतिवडाले बताए।

अघिल्लो वर्ष यही समयमा ११५ जना विदेशी पर्यटकले हिमाल आरोहणको अनुमति लिएका थिए। तर यो वर्षको सोही समयमा १२४ जनाले अनुमति लिएका छन्।

उनका अनुसार सगरमाथा आरोहणका लागि मात्र २९ जना विदेशी पर्यटकले अनुमति पाएका छन्। हिमाल आरोहणका लागि १७ वटा समुह तयार रहेको उनले जानकारी दिए।

नेपाल पर्यटन विभागले तयार पारेको विवरण अनुसार कुल ३१ मुलुकमध्ये अमेरिकी आरोही अत्‍यधिक रहेका छन्। विभिन्न हिमाल आरोहणका लागि कुल १३ जना अमेरिकी नागरिकले अनुमति पाएका छन्। अमेरिकापछि चीन, जापान, भारत लगायतबाट अनुमति लिने हिमाल आरोहीको संख्या धेरै देखिएको छ।

प्रकाशित मिति:     १३ चैत्र २०७९, सोमबार  |    Himali Khabar