काठमाडौं । धौलागिरी हिमालमा १५ वर्षअघि हराएको हेलिकप्टर र मानव अवशेष फेला परेको छ । नेपाली सेनाले हिमाल सफा गर्ने क्रममा सन् २००६ मा दुर्घटनामा परेको एयर डायनेष्टिक हेलिकप्टर फेला परेको हो ।
नाइन एन ए सीआर कलसाइनको सो हेलिकप्टर सफाइ टोलीले फेला पारेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । हेलिकप्टर संगै २ शव पनि भेटिएको छ ।
धौलागिरी बेस क्याम्पनजिकै ती शव र क्षतविक्षत अवस्थामा हेलिकप्टर भेटिएको हो । मृतकको पहिचान खुल्न सकेको छैन । उक्त हेलिकप्टर धौलागिरी बेसक्यापबाट २०० मिटर दक्षिणतर्फ माउन्टेन इक्यूपमेन्टसहित फेला परेको छ ।
अहिले सेनाले सगरमाथासहित ६ वटा हिमालको सफाइ गर्न टोली खटाइएको छ ।