काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिले अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नुपर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडाैंले आज आदेश जारी गर्दै काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वान्टिन र होम आइसोलेसनमा बस्नुपर्ने जनाएको छ।
प्रशासनले यही वैशाख १६ गते बिहान ६ बजेबाट २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा घोषणा गरेको छ।