सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक, विवाह, ब्रतबन्ध जस्ता कार्यमा पनि २५ बढी सहभागि हुन नपाइने

सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक, विवाह, ब्रतबन्ध जस्ता कार्यमा पनि २५ बढी सहभागि हुन नपाइने

काठमाडौं । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको ‘नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’मा सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाउने उल्लेख गरिएको छ।

यस्तै विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ । डान्स बार, क्लब, दोहोरी साँझ लगायतका रात्रिकालीन व्यवसाय वैशाख मसान्तसम्म बन्द गर्ने र शहरी क्षेत्रमा विद्यालयहरु पनि बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ।

प्रकाशित मिति:     ६ बैशाख २०७८, सोमबार  |    Himali Khabar