आगामी बजेट अनुशासित र सन्तुलित हुन्छ :मन्त्री पौडेल

आगामी बजेट अनुशासित र सन्तुलित हुन्छ :मन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी बर्षको बजेट चुनावको घोषणापत्रदेखि आर्थिक पुनरुत्थानका कार्यक्रमलाई समेटेर आगामी वर्षको बजेट ल्याइने बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले मंगलवारदेखि शुरू गरेको आगामी आर्थिक वर्षको पूर्वबजेट छलफलमा उनले बजेट निर्माणका आधारभूत सिद्धान्तहरूलाई आत्मसात् गरेर सबै पक्षलाई समेटी अनुशासित बजेट ल्याउन लागिएको जानकारी दिए ।

मन्त्री पौडेलका अनुसार आगामी वर्षको बजेट कोरोना महामारी र यसले सृजना गरेको कठिन परिस्थितिसँग जुध्नसमेत उपयोगी हुनेछ । आर्थिक पुनरुत्थानका कार्यक्रमलाई बजेटमा विशेष जोड दिइनेछ छ भने राष्ट्रिय गौरव र ठूला आयोजनालाई बजेट सुनिश्चित गरिनेछ ।

संविधान, पार्टीको घोषणापत्र, १५औं आवधिक योजना र समृद्ध नेपाल सुखी नेपालको नारा सफल बनाउने गरी बजेट निर्माण गरिने मन्त्री पौडेलको भनाइ छ । आगामी बजेट नेपाललाई अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति गर्न आवश्यक मापदण्ड पूरा गर्न, उत्पादन र उत्पादकत्व वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र बनाउनेमा समेत केन्द्रित हुनेछ ।

प्रकाशित मिति:     १ बैशाख २०७८, बुधबार  |    Himali Khabar