वैदेशिक रोजगारीमा जाने ७४.८ प्रतिशतले घटे

वैदेशिक रोजगारीमा जाने ७४.८ प्रतिशतले घटे

काठमाडौं । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने संख्या घटे पनि रेमिट्यान्स आप्रवाह भने बढेकाे छ । गत आर्थिक बर्षको आठ महिनाको तुलनामा चालु आर्थिक वर्षमा रेमिट्यान्स आप्रवाहमा ८.६ प्रतिशतले वृद्वि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङक अनुसार आठ महिनाको अवधिमा ६ खर्व ४२ अर्व रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

अघिल्लो बर्ष ५ खर्व ९१ अर्व रुपैयाँ रेमिटयान्स भित्रिएको थियो । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आठ महिनाको तथ्याङक अनुसार वैदेशिक रोजगारीमा जानेको संख्या करिब ७४.८ प्रतिशत गिरावट देखिएको छ । कोरोनाको कारण श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या घटेको हो ।

प्रकाशित मिति:     ३१ चैत्र २०७७, मंगलवार  |    Himali Khabar