काठमाडौं, २५ चैत । विश्वकै अर्बपतिमा यो वर्ष पनि अमेजन मालिक जेफ बेजोस घोषित भएका छन् । उनको धन एक सय ७७ अर्ब अमेरिकी डलर पुगेको छ ।
यस्तै उक्त सूचीको दोस्रो स्थानमा टेस्ला कम्पनीका मालिक इलोन मस्क छन् । मस्कको सम्पत्ति एक सय ५१ बिलियन डलर छ । तेस्रो नम्बरमा पेरिसका लक्जरी वस्तु उत्पादक धनाढ्य बर्नान्ड आर्नोल्ट, चौथोमा माइक्रोसफ्ट मालिक बिल गेट्स र पाँचौंमा फेसबुक संस्थापक मार्क जुकरबर्ग छन् ।
छैठौंमा वारेन बफेट, सातौांमा ल्यारी एलिसन सातौं, आठौंमा गुगल मालिक ल्यारी पेज छन् ।
तर यो वर्ष फोर्ब्सको अर्बपति सूचीमा रहेका एक मात्र नेपाली उद्योगपति विनोद चौधरीको सम्पत्ति घटेरको छ । उनको स्थानमा दुई हजार एक सय ४१ औंमा छ । कोभिड १९ महामारीले उनको सम्पत्तिमा उल्लेख्य वृद्धि हुन नसक्दा उनको स्थान खस्किएको हो ।