कोरोनाले रोकिएका नेपाली विद्यार्थी अब कोरिया जान पाउने

कोरोनाले रोकिएका नेपाली विद्यार्थी अब कोरिया जान पाउने

काठमाडौं, २५ चैत । दक्षिण कोरिया सरकारले नेपालीका लागि केही खुुुकुुलो गरेसँगै नेपाली विद्यार्थी जान पाउने भएका छन् । दक्षिण कोरियाले नेपाललाई कोरोना सङ्क्रमणको अति संवेदनशील मुलुुकको सूचीबाट हटाएर संवेदनशील मुलुुकको सूचीमा राखेसँगै नेपाली विद्यार्थी जान पाउने भएका हुुन् ।

वैदेशिक रोजगार विभाग ईपीएस शाखाका निर्देशक इन्द्रप्रसाद गौतमले नेपाललाई कोरोना सङ्क्रमणको अवस्थालाई अति संवेदनशील (रेडजोन)बाट हटाएर संवेदनशील (एलोजोन)को सूचीमा राख्नुु ‘ग्रिन सिग्लन’ भएको बताए । दक्षिण कोरियाको पछिल्लो नितिले विद्यार्थी जान पाउने भएका छन् । उनीहरूको अवस्था हेरेर ईपीएसमार्फत जाने तयारीमा रहेका युवाको बाटो खुल्ने बताइएको छ ।

दक्षिण कोरिया जानका लागि श्रम सम्झौता आइसकेका १२ हजार बढी छन् । दक्षिण कोरियाले कोरोना सङ्क्रमणको अवस्थामा नेपाललाई ‘ग्रिनजोन’ मा राखेपछि सन् २०१७, २०१८ र २०१९ मा भाषा परीक्षा उत्तीर्ण गरेर श्रम सम्झौतामा आई रोस्टरमा परेका ती सबै युुवा दक्षिण कोरिया जान पाउने भएका छन् ।

प्रकाशित मिति:     २५ चैत्र २०७७, बुधबार  |    Himali Khabar