नेपालमा ६ महिनामा ७ खर्ब ९२ अर्बको बस्तु आयात

नेपालमा ६ महिनामा ७ खर्ब ९२ अर्बको बस्तु आयात

काठमाडौं । भन्सार विभागको तथ्यांक अनुसार ६ महिनामा नेपालले ७ खर्ब ९२ अर्ब ६६ करोड रुपैयाँको बस्तु आयात गरेको छ । गत आर्थिक वर्षको यही अवधिमा ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँको आयात भएको थियो । गत वर्षको तुलनामा यो वर्ष आयात २० प्रतिशतले कम हो । यस्तै यस अवधिमा ८० अर्ब ८० करोड रुपैयाँको निर्यात भएको छ । निर्यात पनि गत वर्षको तुलनामा ३२ दशमलव ०१ प्रतिशतले कम हो ।

आयात र निर्यात दुबै घट्दा पनि नेपालले ७ खर्ब ११ अर्ब ५ करोड ८ लाख रुपैयाँको व्यापारघाटा व्यहोरेको छ । यो गत वर्षको तुलनामा १९ दशमलव १५ प्रतिशतले कम हो । गत वर्ष ८ खर्ब ८१ अर्बको आयात गरेको थियो ।

प्रकाशित मिति:     ९ माघ २०७९, सोमबार  |    Himali Khabar