पर्यटनमन्त्रीले मन्त्रालयमा राखेको सहयोग पेटिकामा ३ लाख जम्मा

पर्यटनमन्त्रीले मन्त्रालयमा राखेको सहयोग पेटिकामा ३ लाख जम्मा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले मन्त्रालयमा राखेको सहयोग पेटिकामा ३ लाख रुपैयाँ जम्मा भएको छ । मन्त्री किरातीले आफूले मन्त्रीको पदभार ग्रहणकै दिन खादा, माला र बुकेको प्रयोग नगर्ने घोषणा गर्दै त्यसको साटो सहयोग रकम संकलन गरी दुर्गम क्षेत्रको शिक्षालाई सहयोग गर्ने घोषणा गरेका थिए ।

सो घोषणा अनुसार मन्त्रालयमा राखिएको सहयोग पेटीकामा हालसम्म ३ लाख रुपैयाँ संकलन भइसकेको किरातीले बताए । मन्त्री किरातीले आफूले सम्हालेको मन्त्रालय आम नागरिकको रहेको बताउँदै देशको सापेक्षताअनुसार मन्त्रालयलाई संचालन गर्न सुझाव समेत मागेका थिए । मन्त्री किरातीले सुझाव र जनगुनासो संकलनका लागि ‘ई–हुलाक सेवा’ नामक फेसबुक पेज संचालनमा ल्याएका छन् ।

प्रकाशित मिति:     ८ माघ २०७९, आईतवार  |    Himali Khabar