उद्योगीहरूले आफूखुशी बढाए चिनीको मूल्य

उद्योगीहरूले आफूखुशी बढाए चिनीको मूल्य

काठमाडौं । सरकारले यो वर्ष उखुको मूल्य तोकेको छैन। किसानहरू पुरानै मूल्यमा उखु बिक्री गर्न बाध्य छन्। तर, केही दिन यता चिनी उद्योगीहरूले भने आफूखुशी चिनीको मूल्य बढाएका छन्। भारतबाट चिनी आयातमा पूर्ण प्रतिबन्ध हुँदा र सरकारले चिनीको मूल्य नतोक्दा उद्योगीहरूले आफूखुशी प्रतिकिलो ६ देखि १० रुपैयाँसम्म बढाएको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बताए।

अहिले बजारमा होलसेल मूल्य प्रतिकिलो ८० देखि ८५ रुपैयाँ पर्ने गरेको तिमिल्सिना बताउँछन्।सरकारले उखुको मूल्य नतोक्दा कृषकहरू भने पुरानै मूल्यमा उखु बिक्री गर्न बाध्य छन्। उनीहरूले गतसालको मूल्य प्रतिक्वीन्टल ५२० रुपैयाँका दरले उखु बिक्री गरिरहेका छन्। जसमा सरकारले अनुदानवापत प्रतिक्वीन्टल ७० रुपैयाँ दिने गर्दछ। त्यसअनुसार कृषकलाई प्रतिक्वीन्टल ५९० रुपैयाँ पर्न जान्छ। 

प्रकाशित मिति:     २८ पुष २०७९, बिहीबार  |    Himali Khabar