इन्धनको मूल्य घट्यो, पेट्रोल अब लिटरको १७५ मा

इन्धनको मूल्य घट्यो, पेट्रोल अब लिटरको १७५ मा

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँ घटाएको हो ।

अब पेट्रोल लिटरको १७५ तथा डिजेल र मट्टितेल लिटरको १७२ रुपैयाँ पर्नेछ । यस्तै हवाई इन्धनको मूल्य पनि घटेको छ । आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर २२५ डलर (करिब प्रतिलिटर ३० रुपैयाँ) घटेको निगमले जनाएको छ ।

प्रकाशित मिति:     २४ पुष २०७९, आईतवार  |    Himali Khabar