नयाँ वर्ष मनाउन पर्यटकीय गन्तव्यहरुका होटेल शतप्रतिशत बुकिङ

नयाँ वर्ष मनाउन पर्यटकीय गन्तव्यहरुका होटेल शतप्रतिशत बुकिङ

काठमाडौं । अंग्रेजी नयाँ वर्ष लक्षित पर्यटकीय गन्तव्यहरुका लागि शतप्रतिशतसम्म होटेल बुकिङ भएको व्यवसायीहरुले बताएका छन् । अंग्रेजी नयाँ वर्ष मनाउनका लागि पर्यटकीय गन्तव्यहरूमा आन्तरिकसँगै विदेशी पर्यटकको चहलपहल सुरु भएसँगै होटेल बुकिङ शतप्रतिशतसम्म पुगेको होटेल व्यवसायीहरुले बताएका हुन् ।

अंग्रेजी नयाँ वर्षमा विशेषगरी पोखरा, चितवन, भैरहवा, धुलिखेल, नगरकोटलगायत पर्यटकीय गन्तव्यहरूका होटेल तथा रिसोर्टहरु भरिभराउ भएर बुकिङ फुल भएको छ । होटेल संघ नेपाल (हान) का बरिष्ठ उपाध्यक्ष विनायक शाहले अंग्रेजी नयाँ वर्षमा पर्यटकीय गन्तव्यहरुका होटेलहरुको बुकिङ शतप्रतिशत रहेको जानकारी दिनुभयो ।

नयाँ वर्षको अवसरमा शतप्रतिशत अकुपेन्सी पुगेपनि समग्र नेपालका होटेलहरुको अकुपेन्सी ३० प्रतिशत मात्रै रहेको छ ।

प्रकाशित मिति:     १४ पुष २०७९, बिहीबार  |    Himali Khabar