सवारी चालकले अब यी १६ गल्ती गरे तिर्नुपर्छ १५ सय जरिवाना

सवारी चालकले अब यी १६ गल्ती गरे तिर्नुपर्छ १५ सय जरिवाना

काठमाडौं । उपत्यकामा ट्राफिक प्रहरीले जरिवाना बढाएको छ। ट्राफिक नियम उल्लंघनसम्बन्धि विभिन्न १६ कसुरमा १५ सय रुपैयाँसम्म जरिवाना लिन थालेको जनाएको छ। पुस ३ गतेदेखि ट्राफिक प्रहरीले जरिवाना बढाएको जनाएको छ। सवारी तथा यातायात व्यवस्था ऐनमा ट्राफिक प्रहरीले पाँच सयदेखि एक हजार पाँच सयसम्म जरिवाना गर्न सक्ने प्रावधानमा टेकेर ट्राफिक प्रहरीले १५ सय जरिवाना गर्न थालेको हो।

२०७५ मा नै यातायात व्यवस्था विभागबाट अधिकतम जरिवाना गर्न सक्ने अधिकार ट्राफिक प्रहरीलाई प्रत्यायोजन गरेको थियो। त्यसैलाई अहिले कार्यान्वयन थालिएको हो।

सवारी चलाउँदा सवारीचालक अनुमतिपत्र तथा सवारी दर्ता किताब लगायतका कसुरमा १५ सय तिराउन थालिएको प्रहरीले जनाएको छ।

त्यस्तै, रेड लाइटमा सवारी नरोक्दा, निषेधित ठाउँमा पार्किङ गर्दा, गलत ठाउँबाट सवारी मोडेमा, सडकको गलत साइडबाट चलाएमा, एकतर्फी सडकमा चलाएमा, अवस्था ठीक नभएको सवारी चलाउँदा अधिकतम जरिवाना १५ सय लिन थालिएको हो।

रातिको समयमा बत्ती नबाली सवारी चलाउँदा, सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा चलाएमा, नम्बर प्लेट नराखी चलाएमा, गाडीचालकले बेल्ट तथा मोटरसाइकलचालकले हेल्मेट नलगाइ चलाएमा, सार्वजनिक सवारीका चालकले यात्रु लिन इन्कार गरेमा , लापरबाहीका साथ सवारी चलाउँदा , सवारीको वजनको हद निर्धारण गरिएको सडकमा बढी वजनको सवारी चलाएमा  १५ सय जरिवाना लिइनेछ ।

प्रकाशित मिति:     १० पुष २०७९, आईतवार  |    Himali Khabar