काठमाडौं, १९ चैत । चालू आर्थिक वर्ष २०७७/०७८ मा सरकारले अनुमान गरेको भन्दा ४.३ प्रतिशत बिन्दु कम आर्थिक वृद्धिदर प्राप्त हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । साउथ एशिया इकोनोमिक फोकस : साउथ एशिया भ्याक्सिनेट्स रिपोर्ट सार्वजनिक गर्दै विश्व बैंकले उक्त प्रक्षेपण गरेको हो ।
सरकारले चालू आवमा ७ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि हुने दाबी गरे पनि विश्व बैंकको नयाँ रिपोर्टले चालू वर्षमा २.७ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको छ । २०२१ को जनवरी र २०२० को अक्टोबरको प्रक्षेपणमा विश्व बैंकले अहिले संशोधन गरेर सार्वजनिक गरेको प्रतिवेदनमा आगामी आवमा २०७८/७९ मा भने ३.९ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।
कोरोनाले प्रभावित अर्थतन्त्र पुनरुत्थान हुँदा सन् २०७९/८० सम्म ५ .१ प्रतिशतले आर्थिक वृद्धि प्राप्त हुने विश्व बैंकको पूर्वानुमान छ । नेपालको आर्थिक वृद्धिदर सकारात्मक अवस्थामा रहनुमा विदेशबाट नेपालीहरूले पठाउने विप्रेषण मुख्य कारण मानिएको छ