चार महिनामा नेपालले पर्यटकबाट १७ अर्ब ९६ करोड कमायो

चार महिनामा नेपालले पर्यटकबाट १७ अर्ब ९६ करोड कमायो

काठमाडौं । नेपालले चालू आर्थिक बर्षको चार महिना कात्तिक मसान्तसम्म विदेशी पर्यटकबाट १७ अर्ब ९६ करोड रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आव २०७८/७९ को तुलनामा १३७ प्रतिशत धेरै हो । सो आवमा यस अवधिमा मात्र ७ अर्ब ५८ करोड रुपैयाँ आम्दानी भएको थियो ।

समीक्षा अवधिमा भ्रमण व्यय भने ३३ अर्ब ६ करोड रुपैयाँ रहेको छ । जसमा शिक्षामा २२ अर्ब ६१ करोड विदेशिएको छ । यसअनुसार १० अर्ब ४५ करोड रुपैयाँ भने नेपालीले विदेश घुमफिरमा खर्च गरेका छन् ।

प्रकाशित मिति:     ३ पुष २०७९, आईतवार  |    Himali Khabar