सोमबारदेखि निर्वाचन आचारसंहिता फुकुवा

सोमबारदेखि निर्वाचन आचारसंहिता फुकुवा

काठमाडौं । निर्वाचन आयोगले गत असोज १२ गतेदेखि देशभर लागू गरेको निर्वाचन आचारसंहिता सोमबारदेखि नरहने निर्णय गरेको छ।

आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उक्त आचारसंहिता लागू गरेको थियो।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिता फुकुवा गर्ने निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको बताए।

प्रकाशित मिति:     २५ मंसिर २०७९, आईतवार  |    Himali Khabar