सञ्चय कोषले सञ्चयकर्ताका लागि भरतपुरमा बनाउन थाल्यो हाउजिङ

सञ्चय कोषले सञ्चयकर्ताका लागि भरतपुरमा बनाउन थाल्यो हाउजिङ

काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताका लागि आवास निर्माणको काम सुरु गरेको छ । सञ्चय कोषले भरतपुर महानगरमा सञ्चयकर्ता ग्रुप हाउजिङको प्याकेज–१ को काम सुरु गर्न लागेको हो ।

कम्पनीले जग्गा विकासका लागि ठेक्का लगाएको छ । लोहनी एन्ड सन्स हेमन्त जेभीले ठेक्का पाएको कोषले जनाएको छ । कोषले ५ करोड ९२ लाख रुपैयाँमा ठेक्का दिएको छ । कोषले चितवनमा ४ बिघा १६ कठ्ठा जग्गामा पनि आवास बनाउने योजना अघि सारेको छ । आवासको डिजाइन तयार भइसकेको छ । त्यहाँ १ सय ६० वटा घर बन्ने छन् ।

कोषले आफूसँग भएको रकम आवास योजनामा लगानी गर्ने निर्णय गरिसकेको छ । आवास बनाई सञ्चयकर्तालाई सस्तो दरमा घर उपलब्ध गराउने योजना कोषको छ । कोषले सञ्चयकर्ताका लागि आवस बनाउन सञ्चय कोष घरजग्गा व्यवस्थापन कम्पनी स्थापना गरेको छ । कोषले सोही कम्पनीमार्फत जग्गा विकास तथा सञ्चयकर्ता आवास बनाउने भएको छ ।

मुलुकका विभिन्न सहरी क्षेत्रमा सञ्चय कोषले सञ्चयकर्ताका लागि आवास बनाउने योजना सार्वजनिक गरेको छ । निर्माणधिन घरहरु सञ्चयकर्तालाई बेच्ने योजना कोषको छ । कोषले सञ्चयकर्तालाई आवास बनाउ ऋण दिँदै आएको छ । कोषमा ६ लाख सञ्चयकर्ता आबद्ध छन ।

प्रकाशित मिति:     १४ मंसिर २०७९, बुधबार  |    Himali Khabar