पूर्णप्रसाद चौलागाई
काठमाडौं। नेपाल राष्ट्र बैंकले चर्को ब्याजदर विरुद्ध आन्दोलन भएपछि स्प्रेडदर घटाएको छ। राष्ट्र बैंकले मौद्रिक समिक्षा सार्वजनिक गर्दै बाणिज्य बैंकहरुको औसत ब्याजदर अन्तर ४.४ प्रतिशतबाट घटाएर ४ प्रतिशत कायम गरेको छ।
यसबाट बैंक तथा वित्तीय संस्थाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घटेर कर्जाको ब्याजदरमा सन्तुलन आउने राष्ट्र बैंकको विश्वास छ।
मौद्रिक समिक्षामार्फत विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर ५ प्रतिशतबाट ४.६ प्रतिशत कायम गरिएको छ। स्प्रेड घट्दा बैंकहरु नाफामा भने संकुचन आउनेछ। बैंकको आम्दानी घटाएर राष्ट्र बैंकले ऋणीहरुलाई राहत दिन खोजेको छ।