भारतमा कोरोना संक्रमण बढेपछि सुदूरपश्चिमको नाका हुँदै दैनिक सयौँ स्वदेश फर्कदै

भारतमा कोरोना संक्रमण बढेपछि सुदूरपश्चिमको नाका हुँदै दैनिक सयौँ स्वदेश फर्कदै

काठमाडौं, ११ चैत । छिमेकी मुलुकभारतमा कोरोना भाइरस संक्रमणको नयाँ लहर सुरु भएपछि मजदूरीका लागि भारत गएका सुदूर प्रदेशका नागरिकहरु फेरी स्वदेश फर्कन थालेका छन् । पछिल्ला केही दिनयता भारतमा फेरि कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सुरक्षित स्थानको खोजी गर्दै सुदूरपश्चिम प्रदेशका विभिन्न नाकाबाट स्वदेश फर्किन थालेका छन् ।

बुधबार सीमा नाका गौरीफन्टाबाट सयौंको संख्यामा स्वदेश भित्रिएका छन्। रोजगारीका लागि भारत गएकाहरू स्वदेश फर्कने क्रम बढेपछि सुदूरपश्चिममा पुनः कोरोना संक्रमण फैलिने जोखिम बढेको भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ। भारतबाट फर्किएका शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षण गर्दा बुधबार बिहान मात्रै कैलालीका दुई जनामा कोरोना संक्रमण देखिएको नाकामा खटिएका अहेव गणेशबहादुर साउदले जानकारी दिए । उनका अनुसार जनशक्ति कम भएकाले सबैको स्वास्थ्य जाँच गर्न सकिएको छैन।

त्यस्तै, हिजो मात्र सोही नाका भएर फर्केका कैलालीका ११ जनामा कोरोना संक्रमण देखिएको थियो ।

प्रकाशित मिति:     ११ चैत्र २०७७, बुधबार  |    Himali Khabar