तीन वर्षपछि चिनियाँ वायुसेवाले नेपालमा उडान थाल्ने

तीन वर्षपछि चिनियाँ वायुसेवाले नेपालमा उडान थाल्ने

काठमाडौं। कोभिड संक्रमण नियन्त्रणमा आएसँगै तीन वर्षपछि चिनियाँ वायुसेवा कम्पनीले नेपाल तर्फ पुनः व्यवसायिक उडान गर्ने भएका छन्। अहिले हिमालय र एयर चाइनाले नियमित व्यवसायिक उडान गर्दै आएका छन्।

सीमित कम्पनीको मात्रै उडान हुँदा भाडादर महँगो छ। अरु चिनियाँ कम्पनी थपिएपछि भाडादर पनि सस्तिनेछ। चीनको चाइना साउदर्न र सिचुआन एयरले पुनः नेपाल उडान तयारी सुरु गरेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए।

चाइना साउदर्नले नोभेम्बर २२ तारिखबाट साताको तीनवटा उडान गर्ने तालिका पाएको प्रवक्ता निरौलाले जानकारी दिए। सिचुवान एयरले पुनः नियमित उडान प्रकृया सुरु गरेको उनले बताए।

हाल नेपाल-चीन-नेपाल तर्फ नेपाली वायुसेवा हिमालय एयरलाइन्स र एयर चाइनाले नियमित व्यवसायिक उडान गर्दै आएको छ। प्राधिकरणका अनुसार हिमालयले साताको तीनवटा र एयर चाइनाले साताको एउटा उडान गर्दै आएको छ।

प्रकाशित मिति:     २९ कार्तिक २०७९, मंगलवार  |    Himali Khabar