चुनावका लागि भारतले नेपाललाई दियो २०० गाडी

चुनावका लागि भारतले नेपाललाई दियो २०० गाडी

काठमाडौं । निर्वाचनका लागि भारतले नेपाललाई उपहारस्वरूप २०० वटा सवारीसाधन प्रदान गरेको छ।

मंगलबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले एक समारोहबीच अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट २०० वटा सवारीसाधन उपहारस्वरूप प्रदान गरेका हुन्।

नेपाल सरकारको अनुरोधमा यी सवारीसाधन उपलब्ध गराइएको जनाइएको छ।

यी सवारीसाधन चुनावका दौरान प्रयोग गरिनेछ। चुनावपश्चात १२० वटा गाडी सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछ।

प्रकाशित मिति:     १५ कार्तिक २०७९, मंगलवार  |    Himali Khabar