सरकारले विश्व बैंकको ३५ अर्ब सहुलियत ऋण स्वीकार गर्ने

सरकारले विश्व बैंकको ३५ अर्ब सहुलियत ऋण स्वीकार गर्ने

काठमाडौं । सरकारले विश्व बैंकबाट उपलब्ध हुने ३५ अर्ब अर्थात् दुई सय ७५ मिलियन डलर सहुलियत ऋण स्वीकार गर्ने निर्णय गरेको छ। उक्त रकम यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि खर्च हुने बताइएको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका गरेका निर्णय मंगलबार सार्वजनिक गर्दै यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि सो ऋण स्वीकृत गरिएको बताएका छन्।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले महिला संरक्षण तथा उत्थान प्रणाली सुदृढीकरणका लागि एशियाली विकास बैंकबाट प्राप्त हुने १२ मिलियन डलर अनुदान लिन वार्ता टोली गठन गर्ने निर्णय भएको पनि जानकारी दिए।

प्रकाशित मिति:     २८ आश्विन २०७९, शुक्रबार  |    Himali Khabar