बिजुली बेचेर ४ महिनामा ८ अर्ब आम्दानी

बिजुली बेचेर ४ महिनामा ८ अर्ब आम्दानी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारततर्फ बिजुली बेचेर ४ महिनाको अवधिमा ७ अर्ब ९३ करोड २२ लाख रुपैयाँ आम्दानी गरेको छ।

प्राधिकरणले गत जेठ १९ गतेबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डेअहेड बजारमा प्रतिस्पर्धामार्फत बिजुली बिक्री सुरु गरेको थियो।

त्यसयता १ अर्ब ३० लाख युनिटभन्दा बढी बिजुली भारत निर्यात भएको छ। निर्यात भएको बिजुलीको प्रतियुनिट औसत मूल्य ७ रुपैयाँ ९१ पैसा रहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।

प्राधिकरणले चालु आर्थिक वर्षमा बिजुली बिक्रीबाट करिब १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ।

प्रकाशित मिति:     २६ आश्विन २०७९, बुधबार  |    Himali Khabar