३ जना अमेरिकी अर्थशास्त्रीले पाए यो वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

३ जना अमेरिकी अर्थशास्त्रीले पाए यो वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

स्वीटजरल्याण्ड । यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अमेरिकी अर्थशास्त्रीलाई दिने घोषणा गरिएको छ ।

रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले बैंक तथा वित्तीय संकटबारे अध्ययन गरेका तीन जना अर्थशास्त्रीहरूलाई यस वर्षको नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

बेन बेर्नान्के, डग्लस डब्लु डाइमन्ड र फिलिप्स एच डिब्भिगलाई प्रदान गरिएको रोयल स्वीडिस एकाडेमी अफ साइन्सेसले जनाएको छ ।

उनीहरूले १९८० को दशकको सुरुदेखि नै संकटको समयमा बैंकहरूलाई कसरी कम जोखिमयुक्त बनाउने, बैंक विघटनले वित्तीय संकटलाई कसरी बढावा दिन्छ भन्ने विषयमा अनुसन्धान गर्दै आएका थिए । उनीहरूले वित्तीय बजारलाई अनुगमन र वित्तीय संकटलाई व्यवस्थापन गर्न भूमिका खेलेका थिए ।

नोबेल पुरस्कार प्राप्त गर्ने ३ जना अमेरिकी नागरिक हुन् । बेर्नान्के अमेरिकास्थित द ब्रुकिङ्स इन्स्टिच्युट, डाइमन्ड सिगाको विश्वविद्यालय र डिब्भिग वासिङ्गटन विश्वविद्यालयसँग सम्बन्धित छन् ।

प्रकाशित मिति:     २४ आश्विन २०७९, सोमबार  |    Himali Khabar