सरकारले सवा १८ अर्बको आन्तरिक ऋण उठाउँदै

सरकारले सवा १८ अर्बको आन्तरिक ऋण उठाउँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ । केन्द्रीय बैंकले २८ दिनदेखि ३६४ दिनसम्मका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।

२५ गते मंगलबार जारी हुने ट्रेजरी बिलका लागि सोमबार ९आज० दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकका अनुसार २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागिएको छ । यो कात्तिक २२ गते परिपक्व हुनेछ । यस्तै ९१ दिनका लागि जारी गर्न लागेको ८ अर्ब रुपैयाँको ट्रेजरी बिल पुस २६ गते परिपक्व हुनेछ ।

१८२ दिनको लागि जारी गर्न लागेको २ अर्ब २५ करोडको ट्रेजरी बिल चैत २८ गते परिपक्व हुनेछ । ३६४ दिनका लागि जारी गर्न लागेको ३ अर्ब रुपैयाँको ट्रेजरी बिल २०८० असोज २३ गते परिपक्व हुनेछ । सरकारले एक वा एक वर्षभन्दा कम अवधिका लागि आन्तरिक ऋण उठाउन ट्रेजरी बिल जारी गर्ने गर्दछ । सरकारलाई आवश्यक पर्ने अल्पकालीन स्रोत जुटाउन टे«जरी बिल जारी गर्ने गरिन्छ ।

ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि सकिने राष्ट्र बैंकले जनाएको छ । यो बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति:     २४ आश्विन २०७९, सोमबार  |    Himali Khabar