३९ प्रतिशत जनसंख्या बीमाको पहुँचमा

३९ प्रतिशत जनसंख्या बीमाको पहुँचमा

काठमाडौं । नेपालमा ३९.०६ प्रतिशत जनसंख्या बीमाको पहुँचमा आएको पाइएको छ ।

अर्थ मन्त्रालयको आर्थिक वर्ष २०७८/७९ को वार्षिक तथ्यांक प्रतिवेदन अनुसार म्यादी र लघुम्यादी बीमालेख समेत गरी कुल ३९.०६ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको हो ।

२०७८ असार मसान्तसम्म २५.२३ प्रतिशत जनसंख्यामा बीमाको पहुँच बिस्तार भएको हो ।

वैदेशिक रोजगार बीमालेखसहितको तथ्यांक जोड्दा भने बीमाको आएको जनसंखया २०७९ असारसम्म ४२.०३ प्रतिशत पुगेको अर्थ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा मात्र बीमा कम्पनीहरुले १ खर्ब ७७ अर्ब ५३ करोड रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएका छन् ।

यो आर्थिक वर्ष २०७७/७८ को तुलनामा १६.३ प्रतिशत बढी हो । सो आवमा १ खर्ब ५२ अर्ब ६५ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन भएको थियो ।

प्रकाशित मिति:     १८ आश्विन २०७९, मंगलवार  |    Himali Khabar