अब कपाल काटेको २००, दाह्री काटेको १२० रुपैयाँ

अब कपाल काटेको २००, दाह्री काटेको १२० रुपैयाँ

काठमाडौं । नेपाल नाई संघले काठमाडौं उपत्यकाका सैलुनको शुल्कमा वृद्धि गरेको छ । संघको उपत्यका समितिले सूचना जारी गर्दै असोज १ गतेबाट लागू हुनेगरी नयाँ दररेट कायम गरिएको जनाएको छ ।

जसअनुसार अब कपाल काटेको शुल्क कम्तीमा २०० रुपैयाँ तिर्नुपर्नेछ । यसअघि यो शुल्क १५० रुपैयाँ थियो । दाह्री काटेको शुल्क १२० देखि २०० रुपैयाँ तोकिएको छ ।

कपाल डिजाइन गरेको ३५० देखि ५०० रुपैयाँ, दाह्री डिजाइन गरेको १५० देखि २५०, टाउको मसाज गरेको २००, स्याम्पु गरेको १२० देखि १५०, कपाल कलर गरेको ५०० देखि ६५० रुपैयाँ, फेसियल गरेको एक हजारदेखि १२ सय रुपैयाँसम्म बढेको संघले जनाएको छ ।

प्रकाशित मिति:     ४ आश्विन २०७९, मंगलवार  |    Himali Khabar