विश्व बैंकका उपाध्यक्ष नेपालमा, आर्थिक पुनरुत्थानमा सहयोग गर्ने प्रतिवद्धता

विश्व बैंकका उपाध्यक्ष नेपालमा, आर्थिक पुनरुत्थानमा सहयोग गर्ने प्रतिवद्धता

काठमाडौं । दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष मार्टिन रायस नेपाल भ्रमणमा आएका छन् । सोमबार बिहान नेपाल आएका मार्टिनले नेपालको संघीयता मामिलाका साथै देशको आर्थिक विकास तथा उत्थानका लागि सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

मार्टिन रायसले प्रधानमन्त्री शेरबहादुर देउवासँगै अर्थमन्त्री जनार्दन शर्मालाई भेट गरेका छन् । सो अवसरमा उनले नेपालको संघीयता र हरित, लचिलो र समावेशी विकास (ग्रिड) का लागि सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्मासँग मार्टिनको नेपालको दीगो विकास, आर्थिक पुनरुत्थान तथा विकास साझेदारीको विषयमा छलफल भएको बताइएको छ ।

सोही अवसरमा नेपालका लागि विश्व बैंक समूहको कन्ट्री क्लाइमेट एण्ड डेभलपमेन्ट प्रतिवेदन समेत सार्वजनिक गरिएको छ । उक्त प्रतिवेदनले नेपालमा कम कार्बन उत्सर्जनका साथै लचिलो विकासलाई समर्थन गर्ने गरी उपायहरु प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति:     ४ आश्विन २०७९, मंगलवार  |    Himali Khabar