भदौमा ५२ प्रतिशतले बढ्यो घरजग्गा कारोबार

भदौमा ५२ प्रतिशतले बढ्यो घरजग्गा कारोबार

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना, साउनको तुलनामा घरजग्गा कारोबार भदौमा ५२ प्रतिशतले बढेको हो।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार काठमाडौंमा भदौमा घरजग्गा कारोबार संख्या दुई हजार ५ सय ११ संख्या छ। यस्तो किनबेच संख्या साउनमा एक हजार छ सय ५५ थियो।

भदौमा जग्गाको कित्ताकाट पनि वृद्धि भएको छ। साउनमा २१७ कित्तालाई ६ सय २१ कित्तामा टुक्र्याइएको थियो भने भदौमा ५ सय ९३ कित्तालाई एक हजार ८ सय १२ कित्तामा टुक्र्याइएको तथ्यांक छ।

त्यस्तै रजिष्ट्रेसन दस्तुरबापत उठ्ने राजश्वमा यो एक महिनामा ६३ प्रतिशतले वृद्धि भएको छ। भदौमा रजिष्ट्रेसन दस्तुरबापत ५९ करोड २५ लाख रूपैयाँ राजश्व उठेको छ। साउनमा यो राजश्व ३६ करोड २८ लाख थियो।

प्रकाशित मिति:     ३ आश्विन २०७९, सोमबार  |    Himali Khabar