गत बर्ष नेपालबाट विदेशी लगानीकर्ताले २६ अर्ब लाभांश फिर्ता लगे

गत बर्ष नेपालबाट विदेशी लगानीकर्ताले २६ अर्ब लाभांश फिर्ता लगे

काठमाडौं। आर्थिक वर्ष २०७७/७८ मा २६ अर्ब रुपैयाँ भन्दा बढी लाभांशको रुपमा विदेशिएको छ। विदेशबाट डलरमा लगानी ल्याएका कम्पनीहरूले नाफा गरेपछि डलर सटही गरेर उक्त लाभांश फिर्ता लगेका हुन्।

यो वर्ष सबैभन्दा बढी सूचना प्रविधि क्षेत्रबाट लाभांशको रुपमा लगानी फिर्ता भएको छ। एनसेल आजियाटालगायत अन्य प्रविधि कम्पनीले मात्र समीक्षा वर्षमा १३ अर्ब ९८ करोड रुपैयाँ लाभांश फिर्ता लगेका छन्। यसपछि उत्पादन क्षेत्रबाट गएको छ।

यस क्षेत्रबाट ६ अर्ब ७४ करोड ७७ लाख लाभांशको रुपमा फिर्ता गएको नेपाल राष्ट्र बैंकले जनाएको छ। यस्तै ऊर्जा क्षेत्रबाट ३ अर्ब ८१ करोड ६२ लाख लाभांश फिर्ता गएको छ।

प्रकाशित मिति:     २९ भाद्र २०७९, बुधबार  |    Himali Khabar