भारतले चामल निर्यातमा २०% कर बढायाे, नेपालमा महँगो हुने

भारतले चामल निर्यातमा २०% कर बढायाे, नेपालमा महँगो हुने

काठमाडौं। भारतले चामलको कनिका निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको छ। यसका साथै बासमतीबाहेकका अरु चामल निर्यातमा पनि कडाइ गरेको छ।

भारतले बासमतीबाहेकका चामलमा २० प्रतिशत कर बढाउँदा त्यसको असर नेपाली भान्छामा पर्ने भएको छ। अहिले पनि भारतबाट ठूलो मात्रामा चामल आयात हुने गरेको छ।

भन्सार विभागको तथ्यांक अनुसार गत वर्ष ५ लाख ५० हजार टन धान, ५ लाख २० हजार टन चामल र ५० हजार टन कनिका आयात भएको छ। चालु आर्थिक वर्षको साउन महिनामा मात्रै करिब १६ करोड रुपैयाँ बराबरको ५० लाख किलो कनिका आयात भएको छ।

चामलमा भारत निर्भर रहेकाले कर बढ्ने बित्तिकै मूल्य पनि बढ्छ। एक व्यवसायीका अनुसार २० प्रतिशत कर बढ्दा जिरा मसिनोको मूल्य किलोमा १९ रुपैयाँ महँगिनेछ। एक व्यवसायीका अनुसार यो करपछि जिरा मसिनो चामल किलोमै १९ रुपैयाँसम्म महँगो पर्छ।

भारत सरकारले गरेको नयाँ व्यवस्थाले चामलको अवैध आयात अझ वृद्धि हुने दाबी देखिन्छ । अब दशै तिहार जस्ता चाडपर्व आउदै छ। सस्तोमा खाद्यान्न पाउनु नागरिकको अधिकारको कुरा हो। सरकारले यसमा ध्यान दिनुपर्छ। र, तुरुन्त राजस्व घटाउने निर्णय लिनुपर्छ।’

प्रकाशित मिति:     २५ भाद्र २०७९, शनिबार  |    Himali Khabar